कञ्चनपुर। कञ्चनपुरमा कुहिएको अवस्थामा शव फेला परेको छ। कञ्चनपुरको महेन्द्रनगरस्थीत खुला मञ्चको पछाडी एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार खुला मञ्चको पर्खाल पछाडी भीमदत्त नगरपालिकाले सब्जीमन्डी व्यवस्थापनका लागि बनाएको नयाँ भवन संरचनाको पछाडीको रुखसँग टासिएको अवस्थामा शव फेला परेको छ। शव कुहिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ। अहिलेसम्म शवको पहिचान खुलेको छैन।