धनगढी। कञ्चनपुर र डडेल्धुरा घर भएका दुई प्रहरीसहित २३ प्रहरी कर्मचारीलाई सम्पर्कमा आउन सूचना जारी गरिएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले बिना सूचना कार्यालयमा अनुपस्थित रहेका २३ जना कर्मचारीलाई सात दिनभित्र उपस्थित हुन निर्देशन दिएको हो ।
बिना सूचना कार्यालयमा अनुपस्थित रहेका डडेल्धुराको अजयमेरु गाउँपालिका–३ घर भएका प्रहरी हवल्दार डम्बरबहादुर चन्द र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ घर भएका प्रहरी सहायक निरीक्षक कमल रानालाई ७ दिनभित्र सम्पर्कमा आउन सूचना जारी गरिएको हो। प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न मितिदेखि सम्बन्धित कार्यलयमा अनुपस्थित भएका सईदेखि प्रहरी कार्यालय सहयोगीसम्मका २३ कर्मचारीलाई ७ दिनभित्र उपस्थित हुन निर्देशन दिएको हो।