बझाङ। बझाङमा सेती नदिमा बगेर एक जनाको मृत्यु भएको छ। आज शनिबार दिउँसो बझाङ जयपृथ्वी नगरपालिका-७ का ४० वर्षिय धनजित आग्रीको धौलाबगरस्थित सेती नदि किनारमा नुहाउने क्रममा बगेर मृत्यु भएको हो।
शुक्रबार राति चट्याङ लागेर मृत्यु भएका गजेन्द्र बहादुर सिंहको आज मलामी गएका थिए । जिल्ला प्रहरी कार्यालय बझाङले आग्री अन्दाजी १ किलोमीटर तल बगेर नदिको किनारमा मृत अवस्थामा भेटिएको बताएको छ।