बझाङ। बझाङ सदरमुकाम चैनपुर बजारमा एक पसलमा आगलागी भएको छ। विद्युत् सर्ट हुँदा चैनपुर बजार चौराहा नजिकै रहेको दुई तले पक्की घरको भुइँ तलामा रहेको सर्जन थापाको सिलाई सेन्टरमा शुक्रबार राति ११ बजे आगलागी भएको हो।
आगलागि बाट पसल र घर भित्र रहेका सम्पुर्ण सर सामान जलेर नष्ट भएका छन्। आगलागि नियन्त्रणको लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव निरीक्षक आन सिंह धामीको कमाण्डमा ६० जनाको प्रहरी टोली ,जयपृथ्वी नगरपालिकाको दमकल र स्थानियको सहयोगमा राति नै आगो निभाइएको थियो।क्षतिको विवरण आउन बाँकी रहेको र यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी दिपेश चौधरी बताएका छन्।