धनगढी। कैलालीमा बिभिन्न मुद्दामा फरार रहेका ६ जना प्रतिवादी पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार रहेका वन, चेक अनादर र चोरी मुद्दाका ६ जना फरार प्रतिवादी पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा वन मुद्दामा ६ हजार ९६२ जरिवाना ठहर भएकी जानकी गाउँपालिका ८ की बिलासी देवी चौधरी, चेक अनादर मुद्दामा २ हजार जरीवाना ठहर भएका टीकापुर नगरपालिका-१ बस्ने ठाकुर प्रसाद सार्की, चेक अनादर मुद्दामा १ हजार ९ सय जरिवाना ठहर भएका जानकी गाउँपालिका-७ बस्ने लौटन डगौरा रहेका छन्।
यस्तै वन मुद्दामा ११ हजार ६८० जरिवाना ठहर भएका टीकापुर नगरपालिका-१ बस्ने तपेन्द्र बिक, चोरी मुद्दामा २ हजार ८ सय जरिवाना ठहर भएका जानकी गाउँपालिका-१ बस्ने धर्मराज रसाइली र वन मुद्दामा १७ हजार १४० जरिवाना ठहर भएका टीकापुर नगरपालिका-९ बस्ने शिबबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। शुक्रवार ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनीहरुकै घरबाट पक्राउ गरेको हो। पक्राउ परेका छ जना प्रतिबादीलाई फैसला कार्यान्वयनको लागि प्रहरीले अदालत समक्ष पेश गरेको प्रहरीले जनाएको छ।