धनगढी। कैलालीमा चार जना लागूऔषध (खैरो हेरोईन)सहित पक्राउ परेका छन्। कैलालीको लम्कीचुहा र गोदावरी नगरपालिकाबाट लागूऔषध (खैरोहेरोईन)सहित चार जना पक्राउ परेका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कैलालीको लम्कीचुहा नगरपालिका १ लम्की चोकबाट ४ ग्राम ५५० मिलिग्राम लागूऔषध ९खैरो हेरोईन०सहित सोही ठाउँका ३० वर्षका दिनेश साँउद, २१ वर्षका जनक बिक र लम्कीचुहा १ कै ३० वर्षीय प्रकाश बिकलाई टिकापुर रोडबाट ८२० मिलिग्राम लागूऔषधसहित पक्राउ गरेको हो। यी तीनै जनालाई ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले सोमवार राति पक्राउ गरेको बताएको छ।
यस्तै कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरिया स्थित पहाड रोडबाट ४० मिलिग्राम लागूऔषध ९खैरो हेरोईन०सहित एक जना पक्राउ परेका छन् ।ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले गोदावरी नगरपालिका वडा नम्बर ११ का २५ वर्षीय मनोज बडैला सोमवार साँझ पक्राउ गरेको छ। लागूऔषधसहित पक्राउ परेका बडैलासहित चार जनामाथी प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।