अत्तरिया। कैलालीको गोदावरी नगरपालिका भित्र आल्मूनियम फेब्रिकेटर तालिम सम्पन्न भएको छ।
व्यवसायिक तथा सिप विकास तालीम केन्द्र धनगढी र गोदावरी नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजित कार्यक्रम अन्तर्गत ९० दिने (३९० घण्टा) आल्मूनियम फेब्रिकेटर तालिमको समापन गर्दै गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले गोदावरी नगरपालिकाले विभिन्न सीप मुलक तालिमहरु प्रदान गरी यूवाहरुलाई आत्मनिर्भर बनाउने लक्ष्य लिएको बताएका छन्।
साथै उनले स्थानिय सरकारले सबै क्षेत्र र वर्गका लागि तालिम दिन आवश्यक रहेको भन्दै तालिमबाट प्राप्त गरेको ज्ञान र सीपलाई आफ्नो व्यावहारिक जीवनमा लागु गर्न पर्ने बताएका छन् ।३ महिने आल्मूनियम फेब्रिकेटर तालिमबाट सिकेको कुरा व्यवहारमा लागु गर्नुपर्छ’ उनले भने ‘तालिम सिकेका यूवाहरुलाई कुनै पनि कार्य गर्नका लागि स्थानिय सरकारले सहयोग गर्ने प्रतिवद्वता जनाउँछ’ ।’
कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाका रोजगार संयोजग रोहित प्रसाद जोशीले ९० दिने आल्मूनियम फेब्रिकेटर तालिम उपलब्धी मुलक भएको भन्दै तालिमबाट नगरपालिका भित्र रहेको यूवाहरुलाई कसरी स्वरोजगार बनाउने सँगै रोजगार सेवा केन्द्र मार्फत विभिन्न किसिमका सीपमूलक तालिमहरूका लागि समन्वय तथा सहजिकरण, सीप परीक्षणका लागि सहजिकरण, आन्तरिक तथा वैदेशिक रोजगारीका लागि सूचना, सल्लाह, परामर्शको काम भैरहेको जानकारी गर्ने उद्देश्यका साथ विभिन्न किसिमका तालिमहरु गर्दै आईरहेको बताएका छन् । कार्यक्रममा बोल्दै सीप विकास तालिम केन्द्रका प्रतिनिधि प्रकाश बोहराले सीप विकास केन्द्र धनगढीले यूवाहरुलाई विभिन्न किसिमका सीप मुलक तालिमहरु दिईरहेको भन्दै तालिममा सहभागिहरु अनुसाशित भएर सीप सिक्नुपर्ने बताए ।