बैतडी। बैतडीका एक युवकको भारतमा मृत्यु भएको छ । खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा जिल्लाको पुर्चौडी नगरपालिका – ६ भूमिराज कफलढुङ्गाका २० वर्षिय मदन अवस्थीको भारतको बेंगलोरम मृत्य भएको हो।
आफन्त स्रोतका अनुसार केहि दिन पहिले कोठामा खाना पकाउने बेला ग्यास लिक भएर आगलागी हुँदा उनी जलेर गम्भीर भएका थिए । आगलागीबाट जलेर गम्भीर भएका अवस्थीको शुक्रबार उपचारको क्रममा अस्पतालमा मृत्यु भएको पुर्चौडी नगरपालिका-६ का वडा अध्यक्ष नरेन्द्र साउदले बताए ।