काठमाडौं। पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवन गुरुङ सुन तस्करीमा संलग्न रहेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
गुरुङविरुद्ध १ अर्ब ४० करोड बिगो र ५ वर्ष कैद सजायको माग गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मनिराम पौडेलका अनुसार बिहीबार सरकारी वकिल कार्यालयले गुरुङविरुद्ध मुद्दा दर्ता गर्ने अनुमति दिएसँगै शुक्रबार मुद्दा दर्ता गरेको भन्सार कार्यालय स्रोतले जनाएको छ ।