धनगढी। दलितमहिला र किशोरीको मानवअधिकार प्रर्बद्धनमा सञ्चार क्षेत्रको महत्वपुर्ण भुमिका रहेको सञ्चारकर्मी तथा सरोकारबालाहरूले बताएका छन् ।
दलित महिला संघ (फेडो)कैलालीको आयोजनामा धनगढीमा बिहीबार आयोजित नेपालमा दलित महिला र किशोरीको मानवअधिकार प्रर्बद्धनमा सञ्चार क्षेत्रको महत्वपुर्ण भुमिका कार्यक्रममा उनीहरुले सो कुरा बताएका हुन् ।
दलित महिला संघ (फेडो) को आयोजना र एफजेएसको सहयोगमा कैलालीका धनगढी उपमहानगरपालिका र गौरिगंगा नगरपालिकामा “दलित महिला र बालिकाहरूको मानवअधिकार अभिबृद्धि परियोजना लागू भएको छ ।
सन् २०२३ को मे महिनादेखि २०२६ अप्रिलसम्म यो परियोजना सञ्चालन हुने जनाइएको छ । सामाजिक न्याय र लैङगिक न्यायमा पहुँच बढाउन र दलित महिला बालबालीका र किशोरी तथा अन्य सिमान्तकृत समुहको मानवअधिकार प्रर्बद्धनमा (फेडो) लागीरहेपनि सञ्चार क्षेत्रबाट हुने सहकार्य गर्न तयार रहेको नेपाल पत्रकार महासंघ कैलालीका सचिब प्रेम दहितले बताए । सामाजिक परिचालन, आर्थिक सशक्तीकरणको माध्यमबाट दलित महिला बालबालीका र किशोरीहरुको अधिकारको संरक्षणमा पनी तिन तहकै सरकार लाग्नुपर्ने उनको भनाई छ ।
दलित महिला संघ (फेडो) कैलालीका कार्यक्रम संयोजक विनोद घिमिरेले प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम संयोजक विनोद घिमिरेले दलित महिला, किशोरी र एकल, असक्षम र यौनिक अल्पसंख्यक तथा मानवअधिकारबाट बढि बञ्चित समुहहरूलाई लक्षित गरी कार्यक्रम लागू भएको जानकारी दिए । परियोजनाले सामाजिक न्याय र लैंगिक न्यायमा पहुँच बढाउन र दलित महिला, बालिका र अन्य सिमान्तकृत समुहहरूको मानवअधिकार प्रवर्द्धन गर्न राज्य र गैरराज्य पक्षलाई जवाफदेही र उत्तरदायी बनाउने लक्ष्य राखेको छ।
त्यस्तै, लक्षित समुहहरूको मानवअधिकार, सामाजिक र लंैगिक न्याय प्रवर्द्धन–संरक्षण गर्न नागरिक शिक्षा, क्षमता निर्माण र नारीवादी अन्तरपुस्ता आन्दोलनलाई सुदृढ गर्ने लक्ष्य राखेको छ । त्यस्तै, सामाजिक परिचालन र आर्थिक सशक्तिकरणमार्फत लक्षित समुहहरको सामाजिक–आर्थिक अधिकारको संरक्षणका साथै सरकारी स्रोत र अवसरहरूमा पहुँच बृद्धि गर्ने लक्ष्य लिएको छ । जिल्ला कार्यक्रम संयोजक घिमिरेले परियोजनाअन्तर्गत जनचेतनामुलक अभियान, मुद्दा अनुगमन, विभिन्न तहमा वकालत, नीति समिक्षा, विश्लेषण र बहुसरोकारवालाहरूसँग संवाद, महिला राजनीतिक नेता र दलित महिला जनप्रतिनिधिसँगको संलग्नता, महिला विरुद्धको हिंसा र जातमा आधारित विभेद विरुद्ध नागरिक शिक्षा अभियान सञ्चालन हुने बताए । फेडोले गरिरहेको कामको बारेमा जानकारी दिनुका साथै सन् २०२३ मा परियोजनाबाट भएका उपलब्धी बारे जानकारी गराएका थिए । सो अवसरमा संस्थाले परियोजनामार्फत सन् २०२३ मा गरेका गतिविधि र प्राप्त उपलब्धीहरूबारे समेत जानकारी गराइएको थियो । उपलब्धीहरुमा जम्मा समुह सख्या ५१,
दलित महिला समुहमा आबद्ध महिलाहरुको संख्या १२०५, अपाङ्गता भएका ३१ र एकल ९७ जना छन् । १८ बर्ष माथिका दलित महिला हरुले सिपमुलक तालिम प्राप्त गरेको संख्या ३२, समुहका महिलाको निजी औसत मासिक आम्दानी ४ हजार, स्वरोजगार दलित महिलाको सख्या ४ सय १४, समूहमा आबद्ध महिलाहरु जो बिउपुजी र अन्य सहयोगबाट उद्दमी वा व्यापारी भएको संख्या ८५ जना रहेका छन् । यस्तै दलित महिला हरु ले न्याय तथा न्यायको पहुँचका लागि गरेको क्लीम गरेको संख्या १८७ रहेको छ ।
कम हिसा महसुस गरेकाहरूको सख्या १४०,मनोसामाजिक परामर्सबाट लाभान्वित संख्या २७ र २० बर्ष पछि विवाह गर्ने किसोरीको अनुपात ५० प्रतिशत रहेको छ ।त्यस्तै, परियोजनाअन्तर्गत जातीय विभेद र महिला हिंसाका मुद्दाहरूमा महिला अधिकार रक्षकहरूको विकास, कानुनी सहायता र साक्षरता अभियान, छलफल चौतारी, मिडिया परिचालन, महिला समुहमार्फत सामाजिक–आर्थिक सशक्तिकरण, महिला उद्यमशीलता विकास, नीति, कार्यक्रम र बजेट वकालत अभियान लगायतका गतिविधि पनि सञ्चालन हुने संस्थाले जनाएको छ । कार्यक्रममा संस्थाका कैलाली अध्यक्ष सविना सुनारले दलित महिला र किशोरीहरूको मानवअधिकार सम्वर्द्धन अभियानमा मिडियाको प्रभावकारी भूमिका रहेको चर्चा गर्दै सामाजिक न्यायको सवालमा सबै पक्षको सहयोग र समन्वयका लागि आग्रह गरेकाी छिन् ।