धनगढी :धनगढी उपमहानगरपालिका १ चकमेलीमा रहेको याहु रेस्टुरेन्टले सेवा थपेको छ । करिब १० बर्षदेखी चकमेलीमा खाना, नास्ता र सामान्य माशु परिकार सहितको सेवा दिदै आएको याहुले आजदेखी सेवा बिस्तार गरेको हो । बिगतमा एक सटरमै यि सेवा दिदै आएको याहुले आजबाट थप एक सटर बिस्तार गरेको छ । याहुले अब पुरानो सटरबाट खाना, नास्ताको सेवा दिने छ भने, पुरानो सटर छेउमै रहेको नयाँ सटरबाट माशु तथा पेय पदार्थको सेवा दिने छ ।
याहु रेस्टुरेन्ट यसै क्षेत्रमा करिब १० बर्षदेखी सेवा दिदै आएको छ सञ्चालक नरेन्द्र खड्काले भने “सामान्य चिया नास्ताको रेस्टुरेन्टबाट शुरु गरेको ब्यवसायलाई बिस्तारै थप गरेका थियौँ, पछिल्लो समय सेवाग्राहीको माग बढ्दै गयो र यो क्षेत्रमा राम्रो मासुका परिकार पाइने रेस्टुरेन्टपनि नभएको अवस्थामा हामीले माशु परिकारका लागी छुट्टै सटर शुरु गर्ने भनेर सोच बनायौँ र आजबाट सेवा थपेका छौँ ।” हामीकहाँ खशीको मासु, सेकुवा, भुटन, कचमेली, पाग्रा लगायत खसीका सम्पुर्ण परिकार पाइन्छन् उनले भने “यति मात्रै होइन बगुंरको सेकुवा, माछा, अर्डर अनुसार लोकल कुखुराको मासु पाइन्छ, यसका साथै सम्पुर्ण पेय पदार्थ सहित शुद्ध र सफा खानाको समेत ब्यवस्था छ ।”
म आफै किचन देखी सर्बिसमा खटिएको हुन्छु खड्काले भने “म संग आउने ग्राहकको माग अनुसार सेवालाई थपेको हुँ, ग्राहकको रोजाई अनुसार सेवा दिने छु ।”