धनगढी। कैलालीबाट बझाङ्गका २ जना लागूऔषधसहित पक्राउ परेका छन्।
कैलालीको गोदावरी नगरपालिका-१ बसन्तपुरबाट २ ग्राम २३० मिलिग्राम लागूऔषध सहित बझाङ्गको केदारस्यु गाउँपालिका-७ बस्ने ३८ वर्षीय खडक धामीसहित दुई जना मंगलवार साँझ पक्राउ परेका हुन्। ईलाका प्रहरी कार्यालय मालाखेती,कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट लागूऔषध ९खैरो हेरोईन बरामद गरेको गरेको हो। ईलाका प्रहरी कार्यालय मालाखेतीले सो सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।