बैतडी। नेकपा एमाले बैतडीको अध्यक्षमा नरेश कुमार विक सर्वसम्मत चयन भएका छन्। एमालेको नवौँ जिल्ला अधिवेशनले विकलाई सर्वसम्मत चयन गरेको बताइएको छ।
हिजोदेखि सुरु भएको अधिवेशनले विक सहित पदाधिकारीहरु सर्वसम्मत चयन गरेको नेताहरुले बताएकाछन्। पार्टीको उपाध्यक्षमा लोकेन्द्र भण्डारी, सचीवमा हजारी साउद, उप सचीवमा हर्क धानुक र पार्वती भट्ट सर्वसम्मत चयन भएकाछन्। पदाधीकारीको टिम सर्वसम्मत चयन भएपनि सदस्यमा बढी आकांक्षी भएकाले छलफल जारी रहेको छ।
सदस्यहरुमा समेत सर्वसम्मत चयन हुने सम्भावना रहेको नेताहरुले बताएकाछन्। अहिले जिल्ला कमिटीको टिमसहित निर्वाचनको प्रक्रिया पुरा गर्ने समय लागेकाले घोषणा गर्ने बाकिँ रहेको छ। सहमतीमै नेतृत्वको टुंगो लगाएर पार्टी केन्द्रीय सदस्य तथा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दामोदार भण्डारी बिहानै काठमाण्डौका लागि प्रस्थान गरिसकेका छन्।