कैलाली । कैलालीका एक जना खोला किनारमा मृत फेला परेका छन् । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ५ का ८० वर्षीय जहरी सुनार अछामको मंगलसेनमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
जहरी मंगलसेन नगरपालिका–३ बिसाकोटको सामुदायिक वनको खोला किनारमा सोमवार मृत फेला परेका हुन्। घटनाबारे मृतक सुनारको परिवारलाई खबर गरिएको र उनीहरु अछाम पुगिरहेका जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र साउदले बताए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।