धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आज चौथौ पटक सरकार विस्तार गरेको छ । नागरिक उन्मुक्ति पार्टीका तीन जनालाई मन्त्रीमा नियुक्त गरेका हुन् ।
आजनै नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको सपथ लिए । शाहले नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरी आर्थिक मामिला मन्त्री, ईन्द्र गिरि भुमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र खुशीराम चौधरी विना विभागिय मन्त्रीमा नियुक्त भए ।