धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले गृह मन्त्रालय नछाड्ने दाबी गरेको छ । रास्वपाले गृहमन्त्रालय सहित ४ मन्त्रालय दाबी गरेको हो ।
गृह मन्त्रालयलाई बटमलाइन बनाएर न्युनतम ४ मन्त्रालयमा दाबी रहने पार्टी उपसभापति स्वर्णिम वाग्लेले बताए । गृह छोडेर सरकारमा जानुको औतित्य नहुने वाग्लेको भनाइ छ । मन्त्रालय बाँडफाँटका लागि नयाँ बनेको सत्ता गठबन्धन कार्यदलको बैठक दिउँसो बस्दैछ ।
मन्त्रीहरुको बाँडफाँडका लागि एमालेबाट महासचिव शंकर पोखरेल, नेकपा ९माओवादी केन्द्र० बाट उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डा। वाग्ले र जनता समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र श्रेष्ठ खटिएका छन् ।
कार्यदलले मन्त्रालय र मन्त्रीबारे टुंगो लगाएर त्यसको विवरण गठबन्धन बैठकमा प्रस्तुत गर्ने बताइएको छ । मन्त्रालयमा सहमति जुटाउन बाँकी रहेकाले सोमबार गठबन्धनबाट एक एक जना मन्त्रीले विना विभागगीय मन्त्रीकारुपमा सपथ लिएका छन् ।
रास्वपाबाट डिपी अर्याललाई सरकारमा पठाइएको छ । गृहमा अन्य दलको पनि दाबी रहेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रास्वपालाई मनाउने जिम्मा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दिएका छन् ।