काठमाण्डौँ : नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपा, नेकपा एससहितको गठबन्धन टुटेर नयाँ समीकरणको सरकार बन्ने भएको छ । पछिल्लो सहमतिअनुसार एमाले, रास्वपा र जसपाबाट एक(एकजना जनाले आजै मन्त्रीमा शपथ लिने तयारी गरेका हुन् । एमालेले पदम गिरीलाई मन्त्रीमा पठाउने तयारी गरेको छ । माओवादी, रास्वपा र जसपाले मन्त्री टुंग्याउन बाँकी छ । चारै जनाले विना विभागीय मन्त्रीका रूपमा शपथ लिनेछन् ।
नयाँ समिकरण बने संगै प्रधानमन्त्री प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट एकताको लागि पहल गरेको बताएका छन्। कांग्रेससँग गठबन्धन भत्किएर एमालेसँग नयाँ गठबन्धन बनाउने सहमतिपछि प्रचण्डले फेरि कम्युनिस्ट एकताको पहल गर्ने बताएका हुन् । शहीद सप्ताहका अवसरमा सोमबार सुखानी शहीद परिवारलाई भेट्दै प्रचण्डले कम्युनिस्ट एकताको पहल गरेको बताएका हुन् । ‘हामी शहीदप्रति उच्च सम्मान प्रकट गर्छौ,’ प्रचण्डले भने, ‘हामी आजको मितिदेखि नै कम्युनिस्ट दलबीच एकताको लागि थप पहल गरेका हौं ।’