धनगढी : सेती प्रादेशिक अस्पतालमा पहिलो पटक दुरबिन विधिबाट शल्यक्रिया सेवा सुरु भएको छ। सेतीमा पहिलो पटक मृगौलाको दुरबिन बिधिबाट पत्थरीको सल्यक्रिया शुरु भएको हो । अस्पतालमा ल्याफ्स्कोप जडान भएपछि दुरबिन विधिबाट शल्यक्रियाको काम थालिएको हो । बिहिवार अछामकी सेतु साउँदको मृगौलाको पत्थरीको शल्यक्रिया गरिएको छ। अस्पताल ब्यवस्थापन समिति अध्यक्ष निर्मल शाहले भने, ‘हाम्रो लामो समयको प्रयास सफल भएको छ। न्यूरो सर्जरी सम्बन्धि उपकरण जडान गरिएको छ। अब दुरबिन विधिबाट शल्यक्रिया गर्न मिल्ने भएको छ। यसबाट बिरामीले राहत पाउने भएका छन।’
सेती प्रादेशिक अस्पतालमा बिहिवार मात्र तीन जनाको दुरबिन विधिबाट शल्यक्रिया गरिएको छ। शरिर चिरेर गरिने शल्यक्रियाभन्दा दुरबिन विधिबाट गरिएको शल्यक्रिया आधुनिक मानिन्छ। सबै उमेर समूहका व्यक्तिको दुरबिन विधिबाट मृगौलाको पत्थरी, पिसाब नलीको पत्थरी, पिसाब थैलिको पत्थरी, ग्रन्थी तथा मृगौला फाल्ने कामसमेत सेती अस्पतालमा सुरु भएको छ। किड्नीको पत्थरी, पिसाब नलीको पत्थरी, पिसाब थैलीको पत्थरी, ग्रन्थीको चिरेर पहिलाबाट काम गरिरहेको हो। दुरबिन विधिबाट पहिलो पटक हो ।