बाजुरा। बाजुरामा माटोको ढिस्कोले च्यापिएर एक जनाको मृत्यु भएको छ। बाजुराको जगन्नाथ गाउँपालिका-६ काप्रीमा घरको जग खन्ने क्रममा एक्कासी माथिबाट माटोको ढिस्को आएर एक जनाको मृत्यु भएको हो ।
आफ्नै भिनाजु दिर्घ सार्कीको घरको जग खन्ने क्रममा कालिकोटको पलाता गाउँपालिका-२ बस्ने १८ वर्षीय बिरेन्द्र सार्कीको बुधवार दिउँसो घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।