धनगढी। कैलालीमा वन मुद्धामा फरार रहेका प्रतिवादी पक्राउ परेका छन्। मंगलवार कैलालीको गौरीगंगा नगरपालिका–८ का ५० वर्षीय डिल्लीराज जोशी पक्राउ परेका हुन्।
उनलाई अदालतले वन मुद्धामा ६५ हजार २०५ रुपैँया जरिवान तोकेको थियो।फरार रहेका जोशीलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले मंगलवार उनकै घरबाट प्रकाउ गरेको गरेको हो। उनीमाथी थप अनुसन्धान भैरहेको छ ।