धनगढी। धनगढी उपमहानगरपालिका वडा नम्बर ६ जाई स्थित शैलेश्वरी इग्लिंस बोर्डिङ स्कुलको २१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाइएको छ । वार्षिकोत्सवको अवसरमा आफनै प्राङ्गणमा विविध सांस्कृतिक प्रस्तुतिसहित विशेष समारोहको आयोजना गरिएको हो ।
विद्यालयका संस्थापक अध्यक्ष नृपबहादुर वडको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश प्रमुख देवराज जोशी प्रमुख अतिथि रहेका थिए । सो अवसरमा बोल्दै प्रदेश प्रमुख जोशीले विद्यालयलाई समय परिवेश अनुसार स्थापित गर्दै लग्न जरुरी रहेको बताए । उनले विद्यालयले विद्यार्थीहरुलाई संस्कारसहितको आधुनिक तथा वैज्ञानिक शिक्षा जोड दिनुपर्ने सुझाव दिए ।
कार्यक्रममा एश्वर्य बहुमुखी क्याम्पसका धर्मदेव भट्ट, मयुर स्कुलका पदमबहादुर साउद लगायत विभिन्न विद्यालयका शिक्षक, राजनीतिक दल, समाजसेवी तथा अभिभावकहरुको सहभागिता रहेको थियो । यस्तै दृष्टी फाउण्डेसनकी सञ्चालक तथा समाजसेवी कल्पना भट्टलाई नगद सहित सम्मानित गरिएको छ । मानवसेवामा योग्दान पुर्याएको भन्दै विद्यालयले वार्षिकोत्सवको अवसरमा भट्टलाई सम्मानित गरेको हो।प्रदेश प्रमुख देवराज जोशीले सम्मान पत्र र नगद भट्टलाई हष्तान्तरण गरे । विद्यालयले उनलाई प्रमाणपत्र, दोसल्ला ओढाउँदै नगद एघार हजार एक सय एघार रकम सहित सम्मान गरेको विद्यालयका प्राध्यापक जगन्नाथ जोराले जानकारी दिए ।फाउण्डेसनलाई सञ्चालनमा सहयोग पुगोस भन्ने उद्देश्यले विद्यालयकी अभिभाव कल्पना गिरीले नगद सहयोग गरेकी छिन् । उनले फाउण्डेसनलाई एघार हजार पाँच सय रकम सहयोग गरेकी थिइन् ।
विद्यालयले वार्षिकोत्सवको अवसरमा विद्यार्थिका कला तथा नृत्य प्रस्तुत गर्नुका साथै वर्ष उत्कृष्ट विद्यार्थी र उत्कृष्ट हाउसलाई सम्मानित गरेको छ ।विद्यालयमा कक्षा ९ मा पढ्दै आएकी रितु तिवारी उत्कृष्ट विद्यार्थीबाट र ब्लु हाउसलाई हाउस अफ दि इयरबाट सम्मानित गरिएको छ भने २०७९ मा कक्षामा उत्कृष्ट भएका, वार्षिकोत्सवको आयोजनामा भएका प्रतियोगितामा विजयी भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । विद्यालयको वार्षिक प्रतिवेदन प्राध्यापक जगन्नाथ जोराले प्रस्तुत गरेका थिए । विद्यालय २०६० सालमा स्थापना भएको थियो । हाल सो विद्यालयमा कक्षा ९ सम्म अध्यापन हुँदै आएकोमा नयाँ शैक्षिक सत्रदेखि कक्षा १० सम्म अध्यापनका लागि अनुमति लिइसकेको उनको भनाई छ ।