धनगढी। बैदेशिक रोजगारीमा जानु भन्दा पहिले रोजगारी सम्बन्धी सहि सुचना तथा आवश्यक जानकारी लिएमा रोजगारीमा समस्या नहुने सहभागीहरुले बताएका छन् ।
आज कैलालीको धनगढीमा भएको बैदेशिक रोजगारीमा रहेका श्रमिकका परिवार सँग भेटघाट,छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले सो कुरा बताएका हुन्। श्रमिक परिवारका आफन्तले बिदेश जानु भन्दा पहिला नै बैदेशिक रोजगारी सम्बन्धी सुचना,जानकारी पाए राम्रो हुने धारणा राखेका थिए। धनगढी वडा नम्बर १४ की जिवन खड्काले बैदेशिक रोजगारको लागी श्रीमान,छोरा तथा छिमेकी गाउँबाट बैदेशिक रोजगारीका लागी गएकाहरुलाई के कस्तो समस्या,असुबिधा हुने रैछ भन्ने बारेमा जानकारी पाएको बताइन्।बैदेशिक रोजगारीका लागी जाँदा, भाषाको ज्ञान, कामको ज्ञान, तथा त्याहाँ बस्दा र अपनाउनुपर्ने सुरक्षाका बारेमा निकै जानकारी पाएको उनले बताइन्। बैदेशिक रोजगारीबाट फर्केका दाजुभाई कमाएको पैसा तथा आर्थिक कसमा लगानी र सुदुपयोगबारे जानकारी पाएको भन्दै धेरै खुसी ब्यक्ती गरेकी छिन्। उनले छलफल तथा अन्तरक्रिया कार्यक्रमबाट जानेको कुरा सम्बन्धित छिमेकी गाउँले दाजुभाई सिकाउने बताइन्। आजको कार्यक्रम निकै उपयोगी रहेको भन्दै आयोजकसंस्थालाई धन्यवाद दिइन्।
यस्तै धनगढी १४ फुलबारीकी सञ्चीता रानामगर र कल्पना भट्टले कार्यक्रम निकै उपयोगीमुलक भएको भन्दै यस्तो कार्यक्रम समय समयमा सञ्चालन गरिनुपर्ने बताएका छन्। बैदेशिक रोजगारीमा रहेका श्रमिकका परिवार सँग भेटघाट छलफल तथा अन्तरक्रिया कार्यक्रमले निकै ज्ञान हासिँल गर्न पाएको बताएका छन्। समय समयमा शहरी क्षेत्रका साथै ग्रामिण क्षेत्रमा यस संग सम्बन्धीत तालिम जानकारी तथा छलफल गरिए थपप्रभावकारी हुने उनीहरुको भनाई छ।
यस्तै बैदेशिक रोजगार बोर्ड सचिवालयका साखा अधिकृत कल्पना खनाल रेग्मीले बैदेशिक रोजगारीको अवस्थामा कुनै समस्या प¥यो भने राहात उद्धार कसरी हुने या मृत्यु वा अंगभंग भएमा बैदेशिक रोजगार बोर्ड सचिवालयले दिने सेवा सुधिवाका बारेमा जानकारी गराएको बताइन्। कार्यक्रममा सहभागी श्रमिकका परिवारका सदस्यहरुले बैदेशिक रोजगारीमा रहेका श्रमिकको सेवा सुबिधा तथा सरकारले गर्नुपर्ने कार्यका बारेमा जानकारी पाएका छन्, उनले भनिन्। मृत्यु भएमा घर ठेगाना सम्म शव पुराउने कुरा,समस्यामा परेकालाई राहात उद्धार,खोज तलासका कुरा छन्,उनले भनिन्। कानुनी प्रतिरक्षाका कुराहरु, सुरक्षीत गृह सञ्चालनका बिषयहरु, तथा बैदेशिक रोजगारीका लागी कल्याणकारी कार्यहरु रहेका छन्।भिडियो हेर्नुहोस् https://www.facebook.com/बैदेशिक रोजगारीमा जानु पहिले सचेतना अपनाउन जरुरीः बैदेशिक रोजगार बोर्ड सचिवालय अधिकृत-रेग्मी
बैदेशिक रोजगार बोर्ड सचिवालयका साखा अधिकृत रेग्मीले रहर भन्दा बाध्यताले श्रमिकका परिवारका सदस्य बिदेश गइरहेकाले नेपालमै बसेर पनी केही गर्न सकिने भएकाले त्यस तर्फ पनी सिपमुलक तालिम हुने जानकारी दिइन्। बिभागले पनी यस बर्षमा बैदेशिक रोजगारबाट फर्केका र बैदेशिक रोजगारीमा रहेका परिवारका लागी सिपमुलक तालिम कार्यक्रम राखेको छ । यो सँगै बैदेशिक रोजगारीलाई सुरक्षित ब्यवस्थीत र मर्यादित बनाउनका लागीसन्देश, सुचना तथा प्रचारप्रसार मुलक कार्यक्रम सक्रिय रुपमा सञ्चालन भैरहेको छ, उनले भनिन् । बैधानिक रुपमा बैदेशिक रोजगारी गएकाहरुका लागी तथा आय आर्जन सम्बन्धी तालिमको पनी योजना रहेको छ । सात वटा प्रदेश मध्ये सुदुरपश्चिम प्रदेशको कैलालीबाट पनी बैदेशिक रोजगारीमा गएकाले धनगढीमा कार्यक्रम सञ्चालन गरिएको उनले बताइन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वैदेशिक रोजगार बोर्ड सचिवमा बबरमहल काठमाण्डौँ कार्यक्रममा प्रमुख अतिथि धनगढी वडा नम्बर १ का वडा अध्यक्ष सन्तोष मुडभरी, श्रम रोजगार कार्यालय धनगढी कैलालीका प्रमुख जनक सिह उखेडाको उपस्थीती रहेको थियो ।धनगढी वडा नम्बर १ का वडा अध्यक्ष सन्तोष मुडभरीले बैदेशिक रोजगारीमा कैलालीको आन्तरिक जिल्लाको अवस्थाबारे जानकारी गराएका थिए । वैदेशिक रोजगार बाट उपलण्ध रेमिट्रेन्सको सदुपयोग र के स्थानिय तहले गर्नुपर्ने सेवा र अभ्यास बारेमा जानकारी दिएका थिए । बैदेशिक रोजगार बोर्ड सचिवालयका निर्देशक भरत आचार्यले बैदेशिक रोजगार बोर्डले गरिरहेको कार्य बारे जानकारी दिनुका साथै स्थानीय तहसंग निकट भएर गर्ने समन्वय र सहकार्य गरी बैदेशिक रोजगारी सुरक्षित बनाउने कुरामा जोड दिएका थिए ।श्रमिकका परिवार सँगै भेटघाट,छलफल तथा अन्तरक्रिया कार्यक्रममा बिभिन्न ब्यक्तित्वको सहभागीता रहेको थियो।