धनगढी। कञ्चनपुरमा लागूऔषधसहित धनगढीका दुई युवक पक्राउ परेका छन्।
कञ्चनपुरको पुनर्वास नगरपालिका ६ “ङ” गाउँ मनकामना टोल स्थित सडक खण्डबाट १९० मिलिग्राम लागूऔषध(खैरो हेरोईन)सहित जिल्ला कैलालीको धनगढी उपमहानगरपालिका-५ हसनपुर बस्ने ३९ वर्षीय योगेश भण्डारी र धनगढी उपमहानगरपालिका-४ उत्तर बेहडी बस्ने ३८ वर्षीय बल्देव बिष्टलाई शनिवार साँझ प्रहरीले पक्राउ गरेको हो।
ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र शसस्त्र प्रहरीको संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ। उनीहरुले प्रयोग गरेको स्कुटी एक थानसहित दुबैलाई पक्राउ गरेको प्रहरीले बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।