धनगढी। कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको बेहडाबाबा मन्दिरमा दुई करोड २५ लाख दीप प्रज्ज्वलनको तयारी पूरा भएको छ। फागुन २५ गते महाशिवरात्रीको अवसरमा बेहडाबाबा मन्दिर परिसरमा हुने दीप प्रज्ज्वलनको तयारी पूरा भएको हो।
बेहडाबाबा फाउण्डेशन नेपालले धनगढीमा शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै दीप प्रज्ज्वलनको तयारीबारे जानकारी गराइएको छ। महाशिवरात्रीमा हुने दीप प्रज्ज्वलनको सम्पूर्ण तयारी पूरा भएको बेहडाबाबा फाउण्डेशन नेपालका अध्यक्ष पदमराज जोशीले बताए । दीप प्रज्ज्वलका दिन ६ वटा नगरबस सेवा सञ्चालन गर्न समेत तयारी रहेको उनले बताए।
प्रज्ज्वलनमा आएका भक्तजनहरुलाई खान, बस्नको समेत व्यवस्था मिलाइएको उनको भनाइ छ। भक्तजनहरुका लागि खाना–खानका लागि दुई ठाँउमा भण्डारको तयारी समेत गरिएको उनले बताए । दीप प्रज्ज्वलका दिन बह्मश्री अन्तर विभूर्षी ममसीत पशुपति प्रमादेश गौरीशंकर आचार्य आउने भएका छन् । दीप प्रज्ज्वलनमा तीन लाख दर्शनार्थीहरु आउने आयोजकले अनुमान गरेको छ।