धनगढी। कैलालीको धनगढीबाट लागूऔषध मुद्दाका फरार प्रतिबादी पक्राउ परेका छन्। लागूऔषध मुद्दामा फरार प्रतिबादी धनगढी उपमहानगरपालिका वडा नम्बर १ बस्ने ३० वर्षीय महित घिमिरेलाई शुक्रवार प्रहरी टोलीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले घिमिरेलाई घरबाट पक्राउ गरेको हो। जिल्ला अदालत कैलालीले १९ दिन कैद सजाय फैसलाले सुनाएपछि उनी फरार रहेका थिए। उनलाई प्रहरीले अदालतमा पेश गरिसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।