बैतडी। बैतडीको सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा हर्षबहादुर रोकालाई खटाइएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रोकालाई सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको हो।
सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अन्तर्गत कार्यरत रहेका रोकालाई सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको हो। सुर्नया गाउँपालिका गएको पुस १२ गतेदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन रहेको थियो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीको सरुवा भएपछि गाउँपालिका हाकिम विहिन भएको थियो। नयाँ खटाइएका प्रमुख प्रशासकीय अधिकृत केही दिनभित्रै गाउँपालिकामा हाजिर हुने गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए। गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत आएपछि रोकिएका आर्थिक तथा प्रशासनिक कामहरु सुचारु हुने उनले बताए।