कैलाली। नेकपा एमाले कैलालीको जिल्ला अधिवेशनको मतदानको टुंगो अझै लाग्न सकेको छैन । कैलालीको सुख्खडमा भईरहेको जिल्ला अधिवेशनका लागी निर्वाचन समितिले आज दिउसो १२ बजेदेखि मतदान हुने भनिएपनी मतदानको टुंगो अहिले सम्म लाग्न नसकेको हो।
निर्वाचन समितिले तीन पटक निर्वाचन तालिका संसोधन गरेपनि तोकिएको समयमा मतदान हुन सकेको छैन । निर्वाचन समितिले उमेदवारहरुको अन्तिम नामावली समेत प्रकाशन गर्न सकेको छैन ।पाँचौ दिनसम्म समेत मतदान प्रक्रिया सुरू नभएपछि अधिवेशन प्रतिनिधि रणभुल्ल परेका छन् भने उनीहरूले चाडो मतदान गर्नुपर्ने माग गरेका छन् ।
फागुन ६ गते केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गरेका थिए । ओलीले आइतबार रातभर सहमतिको प्रयास गर्न र नभए सोमबार बिहानैदेखि निर्वाचन गरेर टुंगो लगाउन निर्देशन दिएर गएका थिए तर अधिवेशन सुरू भएको पाँच दिन बित्दा समेत मतदानको प्रक्रिया अझै अनिश्चित छ । ८ गते विहान ८ बजे हुने भनिएको मतदान १० गतेको दिउसोको ३ बजेसम्म पनि सुरु भएन । मुख्य निर्वाचन अधिकृतको कार्यालयले ९ गते विहान ८ बजे र १० गते दिउसो १२ बजे भनेर तीन÷तीन पटक निर्वाचन कार्यतालिका संसोधन गरिसकेको छ ।
दिउसो १२ बजेदेखि भनिएको मतदान अहिले साढे ३ बजेसम्म पनि हुन सकेको छैन। अझैसम्म उमेदवारहरुको अन्तिम नामावली समेत प्रकाशन हुन सकेको छैन, यस्तै अवस्था रह्यो भने भोली ९शुक्रबार० पनि मतदान नहुने देखिएको धनगढी उपमहानगरबाट प्रतिनिधि गोपाल पाठकले बताए। आयोजक कमिटिले बुधबार बेलुकी देखि प्रतिनिधिहरुको बस्ने र खाने ब्यवस्था हटाई दिदा आफ्नै खर्चमा बस्दा प्रतिनिधिहरु समस्यामा परेको कैलारी गाउँपालिकाबाट प्रतिनिधि दयाशंकर चौधरीले बताए।
मुख्य निर्वाचन अधिकृतको समितिका पदाधीकारी र आयोजकहरुको टेलिफोन पनी नउठेको उनले बताए । सुख्खडको घोडाघोडी क्याम्पस परिषर बाहिर प्रतिनिधिहरु जमघट भएका छन । एमालेको कैलाली जिल्ला नेतृत्वका लागि तीन वटा प्यानल चुनावी मैदानमा छन। निर्वाचन कार्यालयले प्रकासित गरेको उमेदवारको नामावली अनुसार कार्यबाहक अध्यक्ष दुुर्गा प्रसाद जोशी, बर्तमान सचिव डेजी पाण्डेय र यज्ञराज ढुंगानाबीच प्रतिस्पर्धा हुनेछ । कमलसिंह रानाले पनि अध्यक्षमा उम्मेदवारी दिएका थिए । तर, पछि उनले फिर्ता लिए । उपाध्यक्ष पदमा ६ जनाको उम्मेदवारी रहेको छ ।
गजेन्द्र स्वार, दलबहादुर विष्ट, मदन ओझा, वीरेन्द्र बहादुर रावल, विष्णु बहादुर चौधरी, लोकेन्द्र शाहीले उपाध्यक्षका लागि उमेदवारी दिएका छन । सचिवमा विष्णुकुमार चन्द, दानबहादुर विश्वकर्मा र ममता प्रसाद चौधरी गरी तीन जनाले उमेदवारी दिएका छन । चन्द यज्ञराज ढुंगाना प्यानल, विश्वकर्मा जोशी प्यानल र चौधरी पाण्डेय प्यानलका सचिव हुन ।उपसचिवमा राजु गुरुङ, किशोर शाह, चूडामणि भट्ट, मदन रेग्मी, नृप थ्यायत खड्का, चक्र बहादुर विष्ट, भुवन रिजालको उमेदवारी परेको छ। त्यस्तै महिला उपसचिवमा रत्ना कुवर जोशी,अम्बिका विष्ट मल्ल, गंगा कुमारी चौधरी, शान्ति देवी सिंह र गीता चौधरी रहेका छन् ।