कैलाली। नेकपा एमाले कैलालीको नेतृत्व चयन प्रक्रिया लम्बीएको छ। कैलालीमा जारी नेकपा एमाले कैलालीको नवौ जिल्ला अधिवेशन चार दिन बित्दा पनि नेतृत्व चयनको टुङ्गो अझै लाग्न सकेको छैन।
कैलालीको सुख्खडमा फागुन ६ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन उद्घाटन गरेका थिए। एमाले कैलालीमा तिन जना गुटबन्दी रुपमा नेतृत्वका लागि चुनावी मैदानमा उत्रिएपछि चयन प्रक्रिया सकस हो । उद्घाटनका क्रममा अध्यक्ष ओलीले सहमतिका लागि प्रयास गर्नु नभए भोलि नै निर्वाचन गर्नु भनेर निर्देशन दिएको भएपनि अध्यक्षको निर्देशनको उलंघन गरेका छन्।
नेताहरुको गुटबन्दीका कारण आ-आफ्ना मान्छेलाई नेतृत्वमा ल्याउन रस्साकस्सी चलेपछि अधिवेशन लम्बिदै गएको र टुङ्गो लाग्न सकस परेको छ।यस अघि कैलाली अध्यक्षका लागि कार्यवाहक अध्यक्ष दुर्गा जोशी,सचिव डेजी पाण्डे र यज्ञ ढुंगानाको दावी थियो। सहमति हुन नसकेर चुनाव हुने भएपछि कमल राना नेतृत्वका लागि थपिएका थिए। रानाले भने उम्मेदवारी फिर्ता लिसकेका छन्। खासगरी केन्द्रीय सचिव लेखराज भट्ट, स्थायी कमिटि सदस्य कर्ण थापा र पोलिटब्युरो सदस्य दामोदर भण्डारी बिचको गुटबन्दीका कारण नेतृत्व चयनमा ढिलाई भएको अधिवेशनमा सहभागी प्रतिनिधिहरुको भनाइ छ।
अध्यक्षका उम्मेदवारमध्ये जोशीलाई एमाले केन्द्रीय सचिव लेखराज भट्ट, पाण्डेयलाई पोलिटब्युरो सदस्य कर्ण थापा र ढुङ्गानालाई केन्द्रीय सदस्य दामोदर भण्डारीले साथ दिएका छन् । एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशन अघिसम्म एकै समूहमा रहेका भट्ट र भण्डारीले त्यहींबाट आ–आफ्ना समूह बनाएका हुन् । उपाध्यक्ष पदमा ६ जनाको उम्मेदवारी रहेको छ । गजेन्द्र स्वार, दलबहादुर विष्ट, मदन ओझा, वीरेन्द्र बहादुर रावल, विष्णु बहादुर चौधरी, लोकेन्द्र शाही रहेका छन्। सचिवमा विष्णुकुमार चन्द, दानबहादुर विश्वकर्मा, र ममता प्रसाद चौधरी रहेका छन्। उपसचिवमा राजु गुरुङ, किशोर शाह, चूडामणि भट्ट, मदन रेग्मी, नृप थ्यायत खड्का, चक्र बहादुर विष्ट, भुवन रिजाल रहेका छन्। त्यस्तै महिला उपसचिवमा रत्ना कुवर जोशी,अम्बिका विष्ट मल्ल,गङ्गा कुमारी चौधरी शान्ति देवी सिंह र गीता चौधरी रहेका छन्।
कैलाली अधिवेशनमा पनि उनीहरुले प्रदेश अधिवेशनको उम्मेदवारीलाई दोहो¥याएका छन्। मंगलबार निर्वाचन समितिले निर्वाचन तालिका सार्वजनिक गरि आज (बुधबार) बिहान ८ बजेदेखि मतदान गर्ने बताए पनि विवादका कारण त्यो कार्यान्वयन हुन सकेन। पुनः आज बिहान १० बजे देखी उम्मेदवारी दर्ता र आज बुधबार २ बजेबाट मतदान सुरु हुने तयारी गरिएको थियो । तर अहिलेसम्म कुनै ठोस निर्णय हुन सकेको छैन् । यता निर्वाचन समितिका अनुसार आज राती अवर सम्म निर्वाचनका सबै प्रकृया पूरा गरि बिहिवार विहान मतदान गरिने छ। नेतृत्वका लागि ३ वटा प्यानल प्रष्टै देखिएका छन्। बर्तमान कार्यवाहक अध्यक्ष दुर्गा जोशी, सचिव डेजी पाण्डे र पुर्व प्रदेश कमिटी सदस्य यज्ञराज ढुङगानाले आफ्नो नेतृत्वमा प्यानल सहित टिम अघि सारेका छन। अधिवेशनमा ५ सय ६० जना प्रतिनिधि सहभागी रहेका छन्।