कञ्चनपुर। कञ्चनपुरको कृष्णपुरबाट लागुऔषधसहित एक पसल सञ्चालक पक्राउ परेका छन्। कञ्चनपुरको कृष्णपुर नगरपालिका ७ रेलडण्डि कलुवापुरबाट चरेस र खैरो हिरोइनसहित सोही ठाउँका ३० वर्षीय नरेन्द्र चुनारा पक्राउ परेका हुन्।
चुनाराको साथबाट २१.६३ ग्राम लागुऔषध (चरेस) र ५० मिलिग्राम (खैरो हिरोइन)बरामद गरिएको छ । उनलाई आफ्नै घरमा रहेको मदिरा पसलमा लुकाई छिपाई राखेको अवस्थामा लागुपदार्थ फेला पारी मंगलवार पक्राउ गरेको इलाका प्रहरी कार्यालय रैकवार विचवाले बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।