कञ्चनपुर। कञ्चनपुरको बेलौरीमा बाघको आक्रमणमा परेर एकजना घाइते भएका छन ।
शुक्रवार साँझ बेलौरीबाट बेलडाँडी आउने क्रममा बेलौरी नगरपालिका – ८ हुलाकी राजमार्ग खप्टी पुल नजिक बाघको आक्रमणबाट बेलडाँडि गाउँपालिका –३ खैरिघाट बस्ने २४ जीवन चन्द घाइते भएको कुण्डा सव डिभिजन वन कार्यालय प्रमुख दिनेश कुमार यादवले बताए।‘खप्टीखोला देखि हरिचन्द जिको इटा भट्टाको बीचको हुलाकी राजमार्गमा वाघले आक्रमण गरेको खबर पाए’ प्रमुख यादवले भने ‘चन्दको हात र कम्मरमा घाउ छ ।
बिहान फिल्डमा पुगेर के जानवर हो रु पदमार्क हेरेपछि थाहा हुने छ ।’ करिब १.५ किलोमीटर हुलाकी राजमार्ग छेउछाउमा पछिल्लो केहि समय यता बाघ देखिरहेको स्थानीय बताउछ्न । हुलाकी राजमार्गमा बाघ देखिन थालेपछि स्थानीय आवतजावत गर्न निकै त्रसित छ्न । राजमार्ग छेउमा रहेको बाक्लो झाडि सफा गर्न स्थानीयले सरोकारवाला ध्यानाकर्षण गराएका छन ।