धनगढी। धनगढी उपमहानगरपालिका ८ क्याम्पस रोडमा रहेको एरिस्टो माविले विद्यालय स्तरीय ब्याडमिन्टन प्रतियोगिता गर्ने भएको छ। एरिस्टो माविको प्राङ्गणमा शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बारे जानकारी गराइएको हो ।
ब्याडमिन्टन प्रतियोगितामा धनगढीका १५ ओटा विद्यालयका ३१ छात्र र १० छात्रा गरि ४१ खेलाडी सहभागी हुने विद्यालयका खेल शिक्षक दर्शन थापाले बताए । उनले विद्यालय स्तरमा लुकेर रहेका खेलाडीहरुको प्रतिभा बाहिर ल्याउन प्रतियोगिता आयोजना गरिएको बताए । कैलाली जिल्ला ब्याडमिन्टन संघको समन्वयमा प्रतियोगिता आयोजना गरिएको भन्दै खेल शिक्षक थापाले प्रतियोगिता उत्कृष्ट रहने बताए ।
विद्या स्तरबाटै खेलकुदमा रूचि जगाउन र विशेष गरि ब्याडमिन्टन खेलाडीहरुलाई उत्पादनमा सहयोग होस् भन्ने हेतुले प्रतियोगिता आयोजना गर्न लागिएको शिक्षक रियल एनलाइसिसले बताए । उनले पढाइ सँगसँगै इभेण्ट म्यानेजमेन्टमा एरिस्टो अब्बल रहेको भन्दै ब्याडमिन्टन प्रतियोगिता भव्य हुने समेत बताए ।त्यस्तै विद्यालकि संस्थापक प्रीन्सिपल शान्ति अधिकारी क्षेत्रीले आफ्नो विद्यालय शैक्षिक गतिविधिमा सकृय रहेको र नतिजा पनि उत्कृष्ट आइरहेको भन्दै पढाइ सँगसँगै खेलकुदलाई अगाडि लैजानुपर्छ भन्ने मान्यताका साथ यसपटक विद्यालय स्तरीय ब्याडमिन्टन प्रतियोगिता गर्न लागेको बताइन ।
समाजमा हरेक सचेत नागरिकले उत्तरदायित्व बहन गर्नुपर्छ ,हाम्रो विद्यालय आफुले सक्दो सहयोग समाजका लागि गरिरहेको छ सामाजिक उत्तरदायित्व अनुसार यसपटक ब्याडमिन्टन प्रतियोगिता गर्न लागेका हौं यो नमूनाको रूपमा अगाडि बढाउन खोजेका छौं यसवर्षको सिकाइका आधारमा अर्कोवर्ष अझ भव्य आयोजना गर्ने गरि योजना बनाउने प्रीन्सिपल अधिकारीले बताइन ।
प्रतियोगितामा प्रथम हुने खेलाडीले नगद ५ हजार,ट्रफी मेडल र प्रमाणपत्र ,दृतिय हुनेले नगद ३ हजार नगद,ट्रफी,मेडल र प्रमाणपत्र तथा तृतीय हुनेले २ हजार नगद ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । नकआउट चरणमा खेलाइने ब्याडमिन्टन प्रतियोगितामा एरिस्टो माविकै प्राङ्गणमा फाल्गुन ५ गतेदेखि ७ गतेसम्म संचालन हुनेछ । २०४९ सालमा स्थापित एरिस्टो मावि उत्कृष्ट व्यवस्थापन र गुणस्तरीय शिक्षाका कारण सुदूरपश्चिम प्रदेश भरी लोकप्रिय रहेको छ । एरिस्टोबाट कक्षा १० पास गरेका दर्जनौं विद्यार्थीहरु राज्यको उपल्लो तहमा स्थापित छन् । कक्षा ८ को बोर्ड परीक्षा र एस।ई।ई।परीक्षामा उत्कृष्ट नतिजा ल्याइरहेकोले विद्यालयमा हरेक शैक्षिकसत्रको भर्नाको समयमा विद्यार्थीहरुको अत्याधिक चाप हुने गर्दछ ।