बैतडी। बैतडीमा एक बंगुर खोरमा आगलागी हुँदा ११ बंगुर मरेका छन्। जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ सान्नमा नरसिंह सुतार र महादेव धनाडीले सञ्चालन गरेको बङ्गुरको खोरमा शुक्रबार राति आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए।
सालको काठले बनाइएको त्रिपालले छाएको खोरमा रातिको समयमा आगो लागेको हो। खोरमा आगो लागेपछि ११ वटा बङ्गुर जलेर मरेका प्रहरी निरीक्षक केसीले बताए। बंगुर खोरमा आगलागी हुँदा डेढ लाख बढीको क्षति भएको अनुमान गरिएको छ।
आगलागीको कारण भने खुल्न सकेको छैन्। घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले बताए। सुतार र धनाडी मिलेर दुवै जनाले गौतम बाख्रा, बंगुर र पशुपन्छी फर्म सञ्चालन गरिरहेकोमा बंगुरको खोरमा आगलागी भएको बताइएको छ।