बैतडी। बैतडीमा एक जना युवक मृत फेला परेका छन्। बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर १ धामकुडीका ३२ वर्षीय सुन्दरसिंह धामी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले उनी शुक्रबार आफ्नै सुत्ने कोठाको दलानमा झुण्डिएको अवस्थामा मृत फेला परेका बताए। धामी आफ्नै घरको सुत्ने कोठाको दलानमा झुण्डिएको अवस्थामा शुक्रबार दिउँसो पौने ४ बजे फेला परेका हुन्। घटनाका बिषयमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले बताए। मृतकको शव आज शनिबार पोष्टमार्टम गरिने बताइएको छ ।