बैतडी। बैतडीमा जिप दुर्घटनामा हुदाँ दुई जना घाइते भएका छन्। बैतडीको पाटन नगरपालिका–३ को धुराभन्ने स्थानमा जिप दुर्घटनामा परी चालक सुर्नया गाउँपालिका–५ का कृष्ण बहादुर बिष्ट र जिपमा सवार पाटन–३ का ३० वर्षीय धनीराज पन्त घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी खेमबिक्रम केसीले खोडपेबाट बोहोरीगाउँतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०४००१ च ०१०७ नम्बरको बोलेरो जिप आज बिहान ४ बजे दुर्घटनामा परेको जानकारी दिए। उक्त जिपमा चालकसहित दुई जना मात्रै सवार रहेको बताइएको छ।
घाइते पन्तको अवस्था गम्भिर रहेको र उनलाई धनगढी रेफर गरिएको छ। चालक बिष्टको डडेल्धुरामा उपचार भइरहेको छ। जिप सडकबाट करिब ७० मिटर तल खसेको छ। दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले बताएको छ।