धनगढी। सुदूरपश्चिम प्रदेशले तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा पहिलो स्वर्ण पदक जितेको छ । कमल ओलीले कुमुते पुरुष ७५ केजीमा पहिलो स्थान प्राप्त गर्दै सुदूरपश्चिमलाई पहिलो स्वर्ण पदक दिलाएका हुन् ।
गब्बरको नामले परिचित कमलले सातदोबाटोमा स्थिति कराते हलमा जारी प्रतियोगिताको तेस्रो तथा अन्तिम दिन शनिबार बागमती प्रदेशका साहिल नेपाली ५(४ स्कोरले हराउँदै स्वर्ण पदक जितेका हुन् ।
यो तौल समूहमा प्रदेशका खेलाडीले मात्र पदक जितेका छन् । विभागीय टोली नेपाल पुलिस क्लबका खेलाडी पहिलो चरणमा तथा नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबका खेलाडी क्वाटरफाइनलमा पराजित भएका थिए ।धनगढीको एसपीए कलेजमा अध्ययनरत् कमलले यसअघि मलेसियामा भएको पाँचौ गोजुरियो कराँते विश्व च्याम्पियनसीपमा समेत रजत पदक जितेका थिए ।एसपीए कलेजले रजत जयन्तीका अवसरमा गतवर्ष कमललाई नगदसहित सम्मान गरेको थियो ।