धनगढी। धनगढीको एसटिएस सिनेमा हलमा चलचित्र काँडेतारको च्यारिटी शो प्रर्दशन गरिएको छ। राष्ट्रवादको भावनाले ओतप्रोत भएको र नेपाल-भारतको सिमा विवादमा आधारित चलचित्र काँडेतारको आज (शनिवार)च्यारिटी शो प्रर्दशन गरिएको हो।
निर्माता/निर्देशनक नबल खड्काले काँडेतार सिनेमाको कथा रास्ट्रभक्ती रहेको बताउँदै चलचित्रमा नेपालले छिमेकि राष्ट्रहरुबाट भएका नेपाली,भुमि अतिक्रमण,सिमा विवाद,खुला सिमानाकाबाट भोग्नुपरेको समस्या चित्रण गरिएको बताए। उनले छिमेकी बलियो बनाउन सिमानामा पर्खाल आबश्यक रहने सन्देश दिन खोजेको दाबी गरे ।सिनेमाको लगानी झन्डै ४ करोड रहेको निर्माता खड्काको भनाई छ।
च्यारीटी शो बाट उठेको रकम सिमानामा मारिएका सहिद गोबिन्द गौतमको परिवारलाई सहयोग गरिने बताए। यस्तै, सिमानामा काँडेतार लगाउनु पर्छ भन्दै धनगढीमा चल्यो हस्ताक्षर संकलन गरिएको छ। भारतको सिमा विस्तारवादलाई रोक्न नेपाली भूमिमा काँडेतार लगाउनुपर्ने भन्दै काँडेतार चलचित्रको टिमले धनगढीमा हस्ताक्षर संकलन गरिएको हो। निर्माता/निर्देशनक खड्काले भारतले गरिहेको नेपाली भूमि अतिक्रमण रोक्न सरकारलाई दवाब स्वरुप काँडेतार चलचित्रको च्यारिटी शोमा सहभागीहरु बाट हस्ताक्षर संकलन गरिएको बताए। च्यारिटी प्रर्दशनमा सुदूरपश्चिम प्रदेश सभा सदस्य जानकी ऐर,सन्तोसी थापा सर्मा,कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र,धनगढीका नगर प्रमुख गोपाल हमाल लगायत सयौँ दर्शकको उपस्थीती रहेको थियो। उनीहरुले च्यारिटी शोको हस्ताक्षर संकलनमा हस्ताक्षर गरेका छन्। च्यारिटी शो हेरेपछि दर्शकहरुले चलचित्र नभएर नेपालीहरुको वास्तवीकता भएको भनाई राखेका थिए। चलचित्र काँडेतार आउँदो फागुन २५ गते देशभर प्रदर्शन हुँदैछ । नायक तथा निर्देशक खड्काले राष्ट्र र राष्टियताको भावना बोकेको काँडेतार चलचित्र फागुन २५ गते सबैले हेर्न आग्रह गरेका छन्।