फोटो :अत्तरियामा लागेको सुदुरपश्चिम प्रादेशिक महोत्सव
धनगढी : बिभिन्न सास्कृतीक कार्यक्रम तथा महोत्सवमा नव कलाकारहरुमाथी सोषण हुने गरेको खुलेको छ । एक टेलिभिजन अन्तर्वातामा धनगढीकी मोडेल कोपिला सिहंले बिभिन्न मेला महोत्सवहरुमा नव कलाकारहरुलाई न्युन पारिश्रमिक दिने गरेको बताएकी छिन् । स्टेजमा हामीलेपनि त्यही समय दिने गरेका छौँ, हामीलेपनि प्रस्तुती राख्ने गरेका छौँ उनले भनिन् “तर हामीलाई पारिश्रमिकमै बिभेद गरिन्छ, न्युन पारिश्रमिक दिएर हामीमाथी श्रम शोषण गरेको अनुभुती गरेका छौँ ।”
मैले सबैलाई भन्न खोजेको होइन उनले भनिन् “कोही कोही निकै सताउने गरेका छन्, मैलेनै भोगेकी छु, आयोजकहरुसंग घुमिदिने, एकरात बिताइदिने, लाजमर्दो घिनलाग्दो ब्यवहार देखाउनुहुन्छ, उहाँहरुले भनेको मानिदिने गरे मात्रै महोत्सवमा बोलाउनुहुन्छ, नत्र एक पटक बोलाइ हालेपनि हामीहरुको सम्मान नगर्ने, भनेको पारिश्रमिकनै नदिने गर्नुहुन्छ यो गलत हो, कलाकार सबै एउटै हुन्, अपमानित गर्नुहुन्न ।” पुरुष भन्दा महिलाले धेरै चुनौती सामना गर्नुपर्छ उनले भनिन् “तिनिहरुले गर्ने ब्यवहार, मेला महोत्सवमा नराम्रो ब्यवहार खेप्नुपर्ने हुन्छ, म्युजिक भिडियोमा अभिनय गर्नुपर्दा निर्देशकले गर्ने ब्यवहार, निकै नराम्रो हुन्छ, कोही कोही यस्तो घिनलाग्दो ब्यवहार गर्नुहुन्छ नी हामीले राह्रै नराम्रो झेल्नुपर्छ ।”