बाजुरा। बाजुरा बुढीगंगाको एक वडा कार्यालयमा तालाबन्दी गरिएको छ। बाजुराको बुढीगंगा नगरपालिकाको ७ नम्बर वडा कार्यालयमा तालाबन्दी गरिएको हो।
लामो समयदेखि वडा सचिव, पंजिकाधिकारी र प्राविधिक नहुँदा नागरिकलाई समस्या भएको भन्दै नेपाली काँग्रेस, नेकपा एमाले, माओबादी केन्द्र र एकीकृत समाजबादी गरी चार राजनितिक दलले तालाबन्दी गरेका हुन्।
नेपाली काग्रेसका प्रतिनिधी विर बहादुर केसी, नेकपा एमालेका प्रतिनिधी प्रेम बहादुर बिष्ट, नेकपा माओबादी केन्द्रका प्रतिनीधी भक्त बिष्ट र नेकपा एकिकृत समाजबादी पार्टीका प्रतिनिधी दिपक बहादुर केसीको सयूक्त हस्ताक्षेरीत सार्वनिक सुचना टास गर्दै तालबन्दी गराएको जानकारी गराएको छ। उनीहरुले सार्वजनिक सूचना टाँस गर्दै वडा सचिव र प्राविधिकको व्यवस्था नभएसम्म तालाबन्दी नखोलिने जनाएका छन्।