धनगढी। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कैलालीले आर्थिक वर्ष २०८०/८१ को दोश्रो त्रैमासिक प्रगति समिक्षा गोष्ठी सम्पन्न गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले सोमबार दोश्रो त्रैमासिक प्रगति समिक्षा गोष्ठी सम्पन्न गरेको हो ।
कार्यालयले दोश्रो त्रैमासिक अवधिमा चार वटा खाद्य उद्योगको दर्ता प्रकृयाका लागि सिफरिस, सात वटा खाद्य उद्योग र १ दाना उद्योगको अनुज्ञापत्र नवीकरण र १३ वटा खाद्य उद्योगको अनुज्ञापत्र नयाँ जारी गरेको छ । चालु आर्थिक वर्षको ६ महिनामा नविकरण र सिफारिस गरेर ७३ वटा रहेका छन् भने संयुक्त अनुगमन टोलीबाट ३९ पटक गरिएको कार्यालयले जनाएको छ।कार्यालयले खाद्य बजार तथा होटल रेस्टुरेन्ट अनुगमन दोश्रो त्रैमासिकमा संयुक्त अनुगमन टोलीबाट ५९ पटक, ३८ पटक खाद्य उद्योग अनुगमन र ४६ पटक होटल रेस्टुरेन्टहरुको अनुगमन गरेको हो। यस्तै खाद्य प्रविधिले खाद्य तथा दाना नमूना संकलन उद्योग, बजार तथा होटल रेस्टुरेन्ट अनुगमन गर्ने क्रममा ३० वटामा नमूना संकलन गरेको र प्रथम ६ महिनामा १४७ वटा खाद्य तथा दाना नमूना संकलन गरेको छ।
कार्यालयले खाद्य तथा दाना नमूना विश्लेषणमा दोश्रो त्रैमासिक अवद्यिमा खाद्य तथा दाना अनुञपत्र तथा नविकरण संकलित १२७, अनुरोध भई आएका १६, बजार अनुगमनमा २० र अनुसन्धानात्मक १२४ गरी जम्मा २८७ गरी प्रथम ६ महिनामा ११५३ वटा खाद्य तथा दाना नमूनाहरुको विश्लेषण गरिएको कार्यालयले जनाएको छ। खाद्य तथा दाना ऐन अनुरुप कारवाहीमा गत आर्थिक वर्षमा लगत सरि आएका ३० वटा रहेका छन् भने प्रथम ६ महिनामा कैलाली, कञ्चनपुरमा १० वटा अदालतमा मुद्दा दर्ता भएको कार्यालयले जनाएको छ।
यस्तै खाद्य स्वच्छता तथा गुणनस्तर सम्बन्धि उजुरी तथा गुनासो सम्बोधन एवं व्यवस्थापनमा चार वटा खाद्य स्वच्छता तथा गुणस्थर सम्बन्धी उजुरी परेको छ। राजश्व संकलन तथा वितिय प्रगतिमा नवीकरण र सिफरिस दस्तुर वापत दुई लाख ५७ हजार ३२० राजश्व संकलन गरेको कार्यालयले जनाएको छ। यस्तै कार्यालयले दोश्रो त्रैमासिकमा ५० वटा पसलहरुबाट खाद्य पदार्थ जफत गरी नष्ट गरिएको छ भने आर्थिक वर्षमममा कुल १०५ वटा फर्महरुबाट जफत नष्ट गरिएको कार्यालयले जनाएको छ।
दोश्रो त्रैमासिक प्रगति समिक्षा गोष्ठीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका निमित्त कार्यालय प्रमुख हरीसिंह बोहराले भौतिक संरचना नहुँदा ल्यावलाई व्यवस्थित गर्न नसकिएको बताए। कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका सुचना अधिकारी श्रवण कुमार ढुंगाना,नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशी,उपभोक्ता हित संरक्षण मञ्च सुदुरपश्चिमका सचिव भोजराज जोशी लगायत पत्रकारहरुको उपस्थीती रहेको थियो। नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष जोशीले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गर्ने हरेक कृयाकलापमा सहयोगीको भुमिका निर्वाह गर्ने बताए। उनले प्रत्येक उपभोक्ताहरुले खाद्य तथा दाना उपभोगमा सचेत रहनुपर्ने कुरामा जोड दिएका छन्।