धनगढी। कैलालीका सरोज चौधरी २९ औँ पटक आफ्नो गाउँको भलमन्सा ९बरघर० मा चयन भएका छन् । धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँका उनी २९ औँ पटक भलमन्सा भएका हुन्।
चौधरी २०५२ सालदेखि लगातार सो गाउँको भलमन्सा बन्दै आएका छन् । गाउँको भुरा खेलले उनलाई सर्वसम्मतले भलमन्साको जिम्मेवारी सुम्पेको हो । गाउँ समाजमा आफूले निःस्वार्थ रूपमा बिनापारिश्रमिक सेवा गर्दैआएको भलमन्सा चौधरीले बताए। हिले बुबा–बाजेले गाउँको नेतृत्व गरेकोमा उनीहरू बितेपछि त्यो जिम्मेवारी आफ्नो काँधमा आएको उनले चर्चा गरे।
यसअघि, चौधरीका बुबा रामचन्द्र र बाजे मन्ठुले धनगढी गाउँको भलमन्साको रूपमा आफ्नो जीवनभर काम गरेका थिए । उनले परिवारले तीन पुस्तादेखि धनगढी गाउँको नेतृत्व गर्दैआएको छ। गाउँ समाजको नेतृत्वको जिम्मेवारी पाएपछि भलमन्साले विकास निर्माण, आपसी मेलमिलाप, सरोकारवालासँग समन्वय लगायतको काममा प्रभावकारी भूमिका निर्वाह गर्दैआएको स्थानीयको भनाइ छ। चौधरीले राम्रो काम गर्दैआएकाले उनलाई फेरि भलमन्साको रूपमा चयन गरेको धनगढी गाउँका स्थानीय सूर्य चौधरीले बताए।