काठमाडौं। नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले एमबीबीएस ९डाक्टर० पढ्नका लागि डोटीका एक जना विद्यार्थीलाई आर्थिक सहयोग गरेका छन्।
उनले डोटीको केआइसिंह गाउँपालिका-४ कारीगाउँका १७ वर्षीय शिवि विकलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गर्नुभएको केआइसिंह गाउँपालिका-५ का वडाअध्यक्ष दुर्गासिंह रावलले जानकारी दिए।एमबीबीएस पढ्न नाम निकालेका शिविको आर्थिक अवस्था कमजोर रहेको छ। आलेको सहयोगले शिविको पढाइमा सहायता पुग्ने रावलले बताए।