धनगढी। काठमाण्डौँबाट धनगढीका लागि उडेको श्री एयरको विमान नेपालगञ्जमा अवतरण गरेको छ। धनगढीमा मौसम खराबी भएका कारण विमान फर्किको हो।
धनगढी विमानस्थल कार्यालयका अनुसार बुधवार दिउसो साढे १ बजे काठमाण्डौँबाट उठेको विमान साढे २ घण्टा आकाशमा होल्ड भएको यात्रुहरुको गुनासो छ। धनगढीको मौसम नखुलेपछि विमान नेपालगञ्जमा अवतरण भएको हो। धनगढीमा रहेको मौसम खराबीका कारण विमान अवतरणमा समस्या हुने गरेको छ। धनगढी विमानस्थल कार्यालयका अनुसार श्री एयर र बुद्ध एयरको एकरएक विमान भने धनगढी विमानस्थलमा अवतरण भएका छन्।