डोटी। डोटीमा अटो र मोटरसाइकल ठोक्किँदा एक जना घाइते भएकी छिन् ।
सोमबार बिहान १० बजे डोटीको शिखर नगपालिका–८ गोपघाटमा डडेल्धुरा तर्फ जादै गरेको सु.प्र.प ०१००१ प १० नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आईरहेको सु.प्र.प ०१००१ ह ४१७ नम्बरको अटो आपसमा ठोक्किँदा पैदल यात्री महिला घाइते भएकी हुन् ।
मोटरसाईकल र अटो आपसमा ठोक्किन गई मोटरसाईकल अनियन्त्रित भएर पैदलयात्रीलाई ठक्कर दिँदा शिखर नगरपालिका वडा नम्बर ८ चन्कुडाकी ७२ वर्षीया जगुली देवि बलायर घाइते भएकी छिन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सिताराम बिष्टका अनुसार उनको राजपुर स्थित सुजङ्ग अस्पतालमा उपचार उपचार हुन नसकेपछि थप उपचारको लागि धनगढी पठाइएको छ। उनको टाउँको र दायाँ खुट्टामा चोट लागेको छ।