कैलाली। कैलालीको धनगगढीस्थीत एक स्टोरबाट भन्सार छलीका प्याज बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका–४ दक्षिणकाली सब्जिमण्डी नजिकै माँ–गिरीजा स्टोरबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी २ लाख २७ हजार मूल्य बराबरको प्याज बरामद गरिएको हो।
प्याजसहित धनगढी-२ शिवरत्नपुरका २७ वर्षीय धर्मेन्द्र चौधरीलाई शुक्रवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुल्दीप चन्दले जानकारी दिए। यसैगरी धनगढी उपमहानगरपालिका-२ बालुवा घाटबाट भन्सार छलीका अन्दाजी १३ हजार ३ सय ८० मूल्य बराबरको चिनी, बिडी, आन्टी, भुजा, सिसाकलम लगायतका सामान बरामद गरिएको छ।
साथै धनगढी–२ ट्राफिक चौराहबाट अन्दाजी ८ हजार ४ सय मूल्य बराबरको प्याज, नरिवल, हरियो मटर, मिठाई, फेसवास लगायतका सामान र भजनी नगरपालिका–५ लालबोझीबाट अन्दाजी ४२ हजार ५ सय मुल्य बराबरको दरी र मोटरसाईकल १ एक थान बरामद गरिएको चन्दले बताए। शुक्रवारको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी उक्त सामान नियन्त्रणमा लिएको हो।