कञ्चनपुर। कञ्चनपुरको गुलरिया बजारमा आगलागी भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका-५ गुलरियामा रहेको शिवराज बिष्टले संचालन गरेको फेन्सी पसलमा आगलागी भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय मालाखेतीले २ वटा सटरमा संचालित उक्त पसलमा आगलागी हुदा सबै सामान जलेर नस्ट भएको जनाएको छ। आगलागी अहिले नियन्त्रणमा लिईसकिएको प्रहरीले जनाएको छ। आगलागी नियन्त्रण गर्न अत्तरिया र झलारीबाट दमकल पुगेका थिए । अहिले प्रहरी घटनास्थलमै रहेको छ। प्रहरीले क्षतिको विवरण सकलन गरिरहेको छ ।