कञ्चनपुर। कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी भीमदत्त नगरपालिका–६ का वडाध्यक्षको मृत्यु भएको छ। मोटरसाइकल दुर्घटनामा कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष एवं नगर प्रवक्ता महेन्द्र खड्काको मृत्यु भएको हो ।
बुधबार राति म १ प ४८५२ नम्बरको मोटरसाइकल दुर्घटनामा परी उनको निधन भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। भीमदत्त नगरपालिकाका प्रवक्ता समेत रहेका उनी वडाको ऐठपुर क्षेत्र नहर किनारमा बिहीवार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। महाकाली सिचाईको मूलनहरमा बनेको पक्की सडकमा रहेको पाइपमा मोटरसाईकल ‘स्लीप’ भएर दुर्घटना भएको हुँनसक्ने प्रहरीको अनुमान छ । उनी नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए।