धनगढी। सुदुरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले मातहतका वन कार्यालयहरुलाइ जाडोमा दाउरा वितरण गर्न निर्देशन दिएको छ। केही दिन यता बढ्दै गएको जाडो तथा शितलहरले नागरिकको जनजीवनलाई मध्येनजर राख्दै सार्वजनिक स्थालमा दाउरा वितरण गर्न वन मन्त्रालयले निर्देशन दिएको हो ।
उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामीको निर्देशन अनुसार मन्त्रालयका महाशाखा प्रमुख हेमराज बिष्टले दाउरा वितरण सम्बन्धमा सबै डिभिजन वन कार्यालयलाई सुचना पठाएका हुन्।
महाशाखा प्रमुख बिष्टले सबै डिभिजन वन कार्यालयलाई पठाएको सुचनामा भनिएको छ, जाडो याममा हुन सक्ने सम्भावित हिमपात तथा तराई क्षेत्रमा बढ्दै गईरहेको शितलहरले नागरिकको जनजीवन प्रभावित भईरहेको छ। उनले भनेका छन्, वन कार्यालयहरुबाट सार्वजनिक स्थलमा आगो बाली ताप्ने ब्यवस्थाको लागि नियमानुसार प्रभावकारी रुपमा दाउरा बितरण कार्य गरी दिन जानकारी गराएको छ।