डडेल्धुरा। डडेल्धुरा जिल्लाका एक युवा परिवारको सम्पर्क बिहिन बनेका छन। अमरगढी नगरपालिका वडा नं ४ खलङ्गा १८ बर्षीय सन्तोष चुनारा घरबाट हराएका छन । असोज २५ गते घरबाट निस्केका चुनारा अहिलेसम्म परिवारको सम्पर्क बिहिन बनेको चुनाराका बुबा ठगी चुनाराले बताए।
सन्तोष चुनाराका बुबा ठगी चुनाराले परिवारको बिचमा कुनै पनि किसिमको झै झगडा नभएको बताए।आफैसँग काम गर्दागर्दै भागेको उनको भनाई थियो । बिहे गरेको छ,भने पनि हामी स्विकार्ने तयार रहेको र सम्पर्क आउन आग्रह गरि रहेका थिए। खोजी कार्यका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा उजुरी समेत दिएको उनले बताए ।
त्यस्तै सन्तोश चुनाराकी आमा कमलीदेवी चुनाराको पनि घरको एक्लो छोरा भएकाले भारत र नेपाल धेरै क्षेत्रमा खोजी तलासी गर्दा पनि नमिलेको बताए। छोरा खोज्न २३ लाख खर्च भई सकेको उनको भनाई छ । हाल सम्म पनि घरपरिवारसग सम्पर्क नभएको कारण फेला पार्नुहुने व्यक्तिहरुले प्रहरीकोमा वा आफन्तको मोवाईल नम्बर ९८६८४९००३७,९८६८७२९८०९ मा फोन गरि सहयोग गर्न परिवारले सबैसँग याचना गरेको छ ।