कञ्चनपुर। कञ्चनपुरमा मोटरसाइकल चोरी गर्ने एक जना युवक पक्राउ परेका छन्। जिल्लाको बेल्डाँडी गाउँपालिका-१ सिद्धचोकका २१ वर्षीय प्रशान्त सिंह धामी पक्राउ परेका हुन्।
चोरी भएको से ५ प ६३९७ नम्बरको मोटरसाइकलसहित उनलाई आइतबार पक्राउ गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बेल्डाँडीले जनाएको छ। प्रहरीका अनुसार यही पुष १९ गते बेलडाँडी-२ स्थित साना किसान कृषि सहकारी संस्था अगाडि पार्किङ गरी राखेको बेलडाँडी-३ सिमलडाँडीका खुसीराम चौधरीको मोटरसाइकल चोरी भएको थियो। सो मोटरसाइकलसहित धामी हिजो पक्राउ परेका हुन् ।