कञ्चनपुर। कञ्चनपुरको बेलडाँडी गाउँपालिकास्थित एक घरमा चोरी भएको छ। कञ्चनपुरको बेलडाँडी गाउँपालिका १ स्थित बसन्त खडायतको घरमा भेण्टीलेटरबाट छिरेर चोरी भएको प्रहरीले जनाएको हो।
खडायतको घरमा कोही नभएको अवस्थामा घरको पछाडीपट्टि रहेको भेण्टीलेटरबाट छिरेर चोरी भएको इलाका प्रहरी कार्यालय बेल्डाँडीले जनाएको छ । खडायतले नगद, गरगहना सहित अन्य सामाग्री चोरले चारेर लगेको बताएका छन्। उनले घरमा राखिएको सिलिण्डर ग्यास पनि चोरेर लगेको र घरभित्र कागजात,दराज तोडफोड गरिएको बताए।
भेण्टीलेटरबाट छिरेर चोरी भएको जानकारीपछि प्रहरीले खोजी कार्य अगाडी बढाएको जनाइएको छ। यद्यपि चोरले ढोका भएर चोरी नगरेको र भेण्टीलेटर बाट छिरेर चोरी गरेको भेटिएकाले यसमा दुई वा बढीको संलग्नता हुन सक्ने प्रहरीको आशंका छ। शुक्रबार प्रहरी टोलीले उनको घरमा मुचुल्का उठाउँदै चोरीमा संलग्नको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।